ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सकको लापरवाहीका कारण गर्भवत्ति महिलाको मृत्यु


admin

सप्तरी, १७ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।

सोमबार अस्पतालमा प्रसुती गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको बुधबार राती प्रसुती गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुधबार राती ८ बजेदेखि पीडा सुरु भएपछि सुरुदेखी नै उनको उपचारमा लागेका अस्पतालका चिकित्सक दिलिपकुमार साह नआएपछि राती १ बजे अनिताको मृत्यु भएको उनका श्रीमान रमेश यादवको आरोप छ ।

यता समयमै उपचार नपाउँदा मृत्यु भएको भन्दै आफन्तले बिहानैबाट अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले चिकित्सक साहलाई तत्काल कारबाहीको माग गरेका छन् । मृतक अनिताको ३ बर्षका छोरा र एक बर्षिया छोरी छन् । गर्भवति भएसँगै अनिताले चिकित्सक साहसँग दैनिकी चेकजाँच गराउदै आएकी थिइन् ।

यसैबीच सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी हेमबहादुर खड्का, प्रहरी प्रमुख मुकेश कुमार सिंह, राजविराजका नगर प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, जिल्लास्तरिय नेता, आफन्तजन, चिकित्सक लगायतबीच घटना सम्बन्धी र त्यसबाट उब्जेको परिस्थिति बारे छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेमा शंका छैन : प्रदीप ज्ञवाली

रविको नागरिकता प्रकरण कानुनी राज्य गतिलो उदाहरण : डा. कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...