ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, सतर्कता अपनाउन अपिल


abc tv
श्रावण ३२, २०८१ शुक्रबार   ३ : ५९   बजे

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला ९थामे० मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन् ।

यता, स्थानीय थामे खोला (दूधकोशीको सहायक खोला)मा आएको बाढीले गाउँ डुबानमा परेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।

थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्ने शेर्पाले जानकारी दिए । ‘अहिलेसम्म मानवीय क्षतिबारे जानकारी आएको छैन, हामी बुझ्दैछौं’, उनले भने ।

बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’

त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्‍याएको हुन सक्‍नै भन्‍दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group