ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन


एबीसी न्यूज
श्रावण ३२, २०८१ शुक्रबार  १२ : ०३ बजे

काठमाडौैं ३२ साउन ।   थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छनोट गरेको छ ।

थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि बिहीबार पार्टीले यो घोषणा गरेको हो ।

श्रेथा पार्टीको तेस्रो प्रधानमन्त्री हुनुहुन्छ र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त हुनुभएको छ ।

“हामीले पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री मनोनीत गर्ने निर्णय गरेका छौँ”, पार्टीका महासचिव सोरावोङ थिएन्थोङले बैंककमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

पेटोङ्टार्नलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने कि नगर्नेमा सांसदहरूले शुक्रबार संसदमा मतदान गर्नेछन् ।

थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीहरूविरुद्ध सेना र राजावादी समर्थक संस्थापनद्वारा लामो समयदेखि चलिरहेको सङ्घर्षले बढवा पाएको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com