ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू-२० च्याम्पियनसिप : प्रतियोगिता आउन ३ दिन बाँकी, मैदानकै टुंगो छैन


एबीसी न्यूज
श्रावण ३१, २०८१ बिहीबार  ४ : ५८ बजे

काठमाडौं ३१ साउन । साफ यू(२० च्याम्पियनसिप प्रतियोगिता हुन ३ दिनमात्रै बाँकी हुँदा पनि खेल हुने मैदानबारे अझै टुंगो लागेको छैन । खेल भदौ २ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको तयारी पूरा भए पनि मैदानको टुंगो नलागेको बताएको हो । एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले म्याच कमिसनर आएर बिहीबार साँझ निरीक्षण गरेपछि मात्रै प्रतियोगिता हुने स्थानको टुंगो लाग्ने बताएका हुन् ।

साफ यू२(० च्याम्पियनसिप दशरथ रंगशालामा हुने तय थियो । तर एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच मंगलबार दशरथ रंगशालामा भएको खेलपछि म‌ैदान हिलाम्मे बनेकोले चौतर्फी आलोचना खेप्नुपर्‍यो ।

प्रवक्ता शाहले मैदान हिलाम्मे भएसँगै रंगशालामा साफ यू(२० च्याम्पियनसिपका खेल पनि अन्योल बनेको बताए । ‘हामीले दशरथ रंगशालामा टुर्नामेन्ट हुन्छ कि हुँदैन भनेका छैनौं । निर्णय भाछैन । म्याच कमिसनर आएर हेरेपछि हुने नहुने थाहा हुन्छ’, उनले भने ।

 

दशरथ रंगशालामा खेल नहुने भए विकल्पमा एन्फा कम्प्लेक्स पनि राखिएको प्रवक्ता शाहले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । च्यालेन्ज लिगकोखेलपछि म्याच कमिस्नरले यो खेल हेरेको जानकारी गराउँदै वैकल्पिक भेन्यु खोज्न भनेको र दशरथ रंगशालाको विकल्पमा एन्फा कम्प्लेक्स सातदोबाटो रहेको उनको भनाइ छ ।

साफ यू(२० च्याम्पियनसिपमा दक्षिण एसियाका पाकिस्तान बाहेक ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित श्रीलंका र बंगलादेश समूह ए मा छ भने भारत, भुटान र माल्दिभ्स समूह बीमा छन् ।

एन्फाले साफ २० मा सहभागी टिमलाई अभ्यासका लागि भद्रकालीस्थित आर्मीको म‌ैदान र लगनखेलको मैदान रहेको प्रवक्ता शाहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com