ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’


admin
फाल्गुन १७, २०७४ बिहीबार  ६ : ४८ बजे

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु-याउने योजनामा सरकार लागेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३÷७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पु¥याइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताउनुभयो ।

चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक वृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष निजी क्षेत्रका तर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाएको सुझाव प्रतिवेदनमा सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्तरुपमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । उक्त सुझाव प्रतिवेदनमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रका सुझाव समेटिएका छन् । कानूनी शासनको सुनिश्चितता, औद्योगिक विकास तथा विदेशी लगानी, राजश्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ आयातलगायत विषयमा समेत सुझाव दिइएको छ ।

अत्याधिक सार्वजनिक बिदाले मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको जनाउँदै सुझावमा त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै बिदा दिइँदा उपयुक्त हुने सुझाव समेटिएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनलाई ग्राह्यता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिङ क्षेत्रका समस्या समाधान गर्नसमेत आग्रह गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रलाई विश्वासमा लिएर नै आर्थिक समृद्धिका लागि आफूहरु अग्रसर हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ, भाष्करराज राजकर्णिकारलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com