ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि चुनावी अभियानमा बाइडेन र ह्यारिस सँगसँगै


एबीसी न्यूज

काठमाडौं ३१ साउन । अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्वघोषणाअनुसार बिहीबार देखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिकोे संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन्।

उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौती दिन डेमोक्र्याटिक पार्टीका तर्फबाट वासिङ्टन नजिकैको मेरिल्यान्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो।

बाइडेनले बुधबारको घोषणामा औषधिको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदम चाल्ने बताएका छन्।

उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम छ।

यसैबीच रिपब्लिकनका उम्मेदवार ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गरेका छन्।

अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महँगी वृद्धिलगायतका अलोकप्रिय मुद्दाबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख छ।

अर्कातर्फ फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन्।

यद्यपि जनविश्वास दर ह्यारिसका पक्षमा ४२ प्रतिशत र ट्रम्पका पक्षमा ४१ छ।

उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मूल्यवृद्धि नियन्त्रणलाई आत्मसात् गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ।

ह्यारिसले नीतिगत एजेन्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवर्द्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताएका छन्।

बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिति संयमता पूर्वक अगाडि बढ्ने समय भएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com