ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकीको घर किन्न पुनः बोलपत्र आह्वान


एबीसी न्यूज

काठमाडौं ३१ साउन । जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ ।

सन् २०२१ को सैन्य ‘कू’ पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता र उहाँका भाइबिच दशकौं लामो विवादपछि दुईतले घर र १।९ एकड जमिन बिक्रीका लागि राखिएको थियो ।

लिलामीका लागि न्यूनतम ३०० अर्ब क्याट ९१४ करोड अमेरिकी डलर० तोकिएको थियो ।

मिन किनबेचको काम गर्ने एक स्थानीय दलालले मार्चमा एएफपीलाई बताएअनुसार याङ्गुन आसपासका क्षेत्रमा पनि यो जमिन र यस्तै आकारका घरको मूल्य १० देखि २० लाख अमेरिकी डलरभित्र पाइन्छ ।

लिलामीअघि म्यान्माका लागि अमेरिकी दूतावास नजिकै युनिभर्सिटी एभिन्यूमा रहेको औपनिवेशिक कालको घरबाहिर पत्रकारको सानो भीड जम्मा भएको थियो ।

गेटमाथि सुकीका पिता, स्वतन्त्रताका नायक आङ सानको चित्र राखिएको छ भने घरलाई सशस्त्र प्रहरीले पहरा दिइरहेको छ ।

स्थानीय अदालतले ढोकामा टाँसेको सूचनामा घर, घरभित्र रहेको सम्पत्ति र जग्गा सुकीकी आमा ‘दाउ खिन की’को नाममा रहेको उल्लेख छ ।

सन् १९८८ मा तत्कालीन जुन्ताविरुद्ध भएको विशाल प्रदर्शनका क्रममा सुकीलाई गोली हानेपछि सेनाले करिब १५ वर्षसम्म घरको भत्किएको पर्खालभित्र थुनेर राखेको थियो ।

इङ्गल्याण्डमा आफ्ना पति र छोराछोरीबाट अलग्गिएकी सुकीले एक प्रजातन्त्रवादी नेताको रूपमा आफ्नो हैसियत बढ्दै जाँदा घरमा पियानो बजाउँदै, जासूसी उपन्यासहरू पढ्दै र ध्यान गर्दै उक्त घरमा समय बिताउनुभएको थियो ।

प्रजातन्त्र र अहिंसाको माध्यमबाट सैन्य शासनविरुद्ध लड्ने उहाँको भाषण सुन्न सयौँ मानिस नियमित रूपमा घरबाहिरको फुटपाथमा भेला हुने गर्थे ।

सन् २०१० मा रिहा भएपछि पनि उहाँ त्यही घरमा बसी विदेशी नेता, पत्रकार र कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुकीको घरको अवलोकन गर्नुभएको थियो । ओबामाले सुकीलाई ‘लोकतन्त्रको प्रतीक’ को संज्ञा दिनुभएको थियो । सुकीले सन् २०१२ मा याङ्गुन छोड्नुभएको थियो र सेनासँग सत्ता साझेदारी गर्दै राजधानी न्यापित जानुभएको थियो ।

सन् २०२१ को फेब्रुअरी १ मा सेनाले पुनः सत्ता कब्जा गरेपछि उहाँलाई हिरासतमा लिइएको थियो र १० वर्ष लामो प्रजातन्त्रको प्रयोग अन्त्य गरेको थियो । उहाँको गिरफ्तारीले दक्षिणपूर्वी एसियाली राष्ट्र म्यान्मामा रक्तपातपूर्ण उथलपुथल निम्त्याएको छ भने उहाँको निर्वाचित सरकारको सट्टा सेनाप्रति बफादार ९जुन्टा सरकार० ले सत्ता चलाइरहेको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com