काठमाडौं ,१७ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा छलफल गर्न आज बिहान वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच भएको वार्तामा पनि कुरा मिल्न सकेन ।

संविधान संशोधनबारे तीन दलबीच सहमति देखिए पनि मन्त्रालय बाँडफाँटका विषयमा भने कुरा मिल्न सकेको छैन । फोरमले तीन मन्त्रालयको माग गरेको छ । तर बाम गठबन्धनले भने एक मन्त्री र एक राज्यमन्त्री दिन सकिने बताउँदै आएको छ ।
वार्ताबाट बाहिरिने क्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो– वार्ता सकारात्मक छ तर कुरा मिल्न सकेन ।







प्रतिक्रिया दिनुहोस्