ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानद्वारा इजरायलविरुद्ध सैन्य आक्रमणको धम्की रोक्ने पश्चिमी आह्वान अस्वीकार


एबीसी न्यूज
श्रावण २९, २०८१ मंगलबार  २ : २८ बजे

काठमाडौं २९ साउन । इरानले गत महिनाको अन्त्यमा तेहरानमा भएको हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यामा संलग्न इजरायलविरुद्ध सैन्य आक्रमणको आफ्नो धम्की फिर्ता लिन भनिएको पश्चिमी आह्वानलाई अस्वीकार गरेको छ ।

“फ्रान्स, जर्मनी र बेलायत जसले यहुदी शासनले गरेको अन्तर्राष्ट्रिय अपराधमा कुनै आपत्ति जनाएको छैन, उनीहरुले निर्लज्ज रूपमा इरानलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने शासनविरुद्ध कुनै प्रतिरोधात्मक कारबाही नगर्न आग्रह गरिरहेका छन्”, विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले एक विज्ञप्तिमा भन्नुभयो ।

“यस्तो अनुरोधमा राजनीतिक तर्कको अभाव छ, अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र नियमको उल्लङ्घनका बावजुद इजरायललाई सार्वजनिक र व्यावहारिक समर्थन गर्छ,” उहाँले भन्नुभयो ।

इरान र यसका सहयोगीहरूले जुलाई ३१ मा राष्ट्रपति मसूद पेजेस्कियनको शपथ ग्रहणका लागि तेहरानको भ्रमण गर्दा नेता हनियाको हत्याका लागि इजरायललाई दोषी ठहराएका छन् । इजरायलले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

इजरायल–हमास युद्धका कारण पहिले नै तनावमा रहेको मध्यपूर्वमा ठूलो द्वन्द्व रोक्न पश्चिमी कूटनीतिज्ञहरूले एकता जनाएका छन् । संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीले सोमबार एक विज्ञप्तिमार्फत इरानलाई आफ्नो धम्की फिर्ता लिन अनुरोध गरेका हुन् ।

बेलायत, फ्रान्स, जर्मनी, इटाली र संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामीले इरानलाई इजरायलविरुद्ध सैन्य आक्रमणको धम्कीलाई रोक्न आह्वान गरेका छौं र यस्तो आक्रमण भएमा क्षेत्रीय सुरक्षामा हुनसक्ने गम्भीर परिणामबारे जानकारी गराएका छौँ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com