ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त


एबीसी न्यूज
श्रावण २७, २०८१ आईतबार  २ : ०६ बजे

काठमाडौं २७ साउन । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बंगलादेशका प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामा मागेका थिए ।

हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । ढाकाको अखबार द डेली स्टारका अनुसार, नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरु सहभागी थिए । योसँगै अहमद बंगलादेशको २५ औं प्रधानन्यायाधीश बनेका छन् ।

 

तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि नयाँ सरकार बनाउन सेनाले अग्रसरता लिएको थियो । त्यसपछि बनेको युनुस नेतृत्वको अन्तरिम सरकारलाई चुनाव गराउने जिम्मेवारी छ ।

विद्यार्थीहरुले गरेको दुई महिना लामो आन्दोलनमा कम्तिमा ३०० जना मारिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com