ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले गाजाको स्कुलमा आक्रमण गर्दा ९३ जनाको मृत्यु


एबीसी न्यूज
श्रावण २७, २०८१ आईतबार  १ : ४२ बजे

काठमाडौं २७ साउन । युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेको गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।

बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात ७० जनाको मृत्यु भएको उल्लेख गरे पनि संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको छ, जहाँ लाखौं व्यक्तिहरुले आश्रय लिइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ । कार्यालयका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको छ ।

 

यी आक्रमणबाट अधिकांश निर्दोष सर्वसाधारण मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जारी युद्धमा ३९ हजार ६९९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन् । गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन् ।

गत ७ अक्टुबरमा हमास र केही प्यालेस्टिनी चरमपन्थी समूहले इजरायलको दक्षिणी क्षेत्रमा आतंकवादी आक्रमण गरेका थिए । सो आक्रमणबाट १ हजार २०० जनाको मृत्यु भएको थियो । मारिनेमा १० जना नेपालीहरु पनि थिए । विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर गाजा क्षेत्रमा लगिएको थियो । त्यही बेलादेखि इजरायलले आतंकवादीलाई समाप्त पार्ने भन्दै आक्रमण सुरु गरेको थियो । बन्धक बनाइएकाहरुलाई रिहा र युद्ध अन्त्यको प्रयास भइरहे पनि सफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com