ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो पीडितलाई खानेपानी र विद्युतको समस्या


एबीसी न्यूज

काठमाडौं २७ साउन ।  पहिरोले प्रभावित बागलुङको बडिगाड गाउँपालिका ९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघु जलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो ।

पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघु जलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पुर्‍याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुईसय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो ।

विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर भएको छ । पहिरोबाट विस्थापित ५० घरधुरीलाई सार्वजनिक स्थल र विद्यालयमा लगेर राखिएको छ । पहिरोपीडितलाई पिउने पानी, दैनिक उपभोग्य वस्तु र विद्युतको समस्या भएको उहाँले बताउनुभयो । खानेपानी योजनाको मुहान र ट्याङ्की पहिरोले बगाउँदा ६५ घरधुरीमा पानीको आपूर्ति बन्द भएको छ ।

ूपहिरोले लघु जलविद्युत् आयोजनाको मुहान र कुलो बगाएको छ । तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन,ू वडाध्यक्ष बुढामगरले भन्नुभयो, ूपहिरोले धेरै क्षति पुर्‍याएकाले लघु जलविद्युत् आयोजना मर्मत गरेर पुनःसञ्चालन गर्ने सम्भावना देखिएको छैन । गाउँनै अन्धकार भएको छ । स्कुल पढ्ने बालबालिका र वृद्धवृद्धाहरु धेरै प्रभावित भएका छन् । केन्द्रिय लाइन विस्तारको विकल्प छैन । विद्युत आपूर्ति नहुँदा सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको छ ।ू

 

यसैगरी अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पहिरोका कारण भिमगिठे–दर्लिङ सडक र बुर्तिबाङ हुँदै आरुपाटा जाने सडक पूर्ण रुपमा बन्द भएको छ । पहिरोले धेरै ठाउँहरुमा सडक क्षतविक्षत बनाएको छ वडाध्यक्ष बुढामगरले भन्नुभयो, ूसडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । आवतजावतमा समस्या भएको छ । गाउँका पसलहरुमा भण्डारण गरिएको खाद्यान्न सकिन थालेको छ । चारदेखि पाँच घण्टा मानिसले बोकेर खाद्यन्न ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।ू

वडाध्यक्ष बुढामगरका अनुसार गत सोमबार राती परेको अविरल वर्षाका कारण वडा नम्बर ९ को नयाँ बस्ती र १० को आरुपाटा, पात्ले, क्लावझिङ, खोर, सल्लेन धारालगायत बस्तीहरु पहिरोको जोखिममा परेका छन् । सबैभन्दा उच्च जोखिममा पात्ले गाउँ परेको उहाँको भनाइ छ ।

गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरेपनि त्यो अपुग भएको पहिरो पीडतहरुले बताएका छन् । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको र थप राहतका लागि प्रदेश र संघ सरकार समक्ष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

ूपहिरोका कारण वडा नम्बर १० मा मानविय क्षति ठूलो भयो यसबाट पालिका दुःखी छ । वडा नम्बर ९ का विभिन्न वस्तीहरु पहिरोको उच्च जोखिममा छन्,ू पालिका अध्यक्ष अधिकारीले भन्नुभयो, ूहाम्रो पालिकामा महाविपद नै आइलाग्यो । यसको सामाना गर्ने क्षमता पालिकासँग मात्र रहेन । सङ्घ, प्रदेश र सम्बन्धित सबै निकायसँग हामीले सहयोगको अपिल गरेका छौं ।ू पहिरो पीडितहरुलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै कसर बाँकी नराखी उद्धार, घाइतेको उपचार, राहत वितरण र अन्य सहयोगमा पालिका जुटेको उहाँले बताउनुभयो ।

स्थानीय लघुजलविद्युत तत्काल बनाउन सक्ने अवस्था नभएकाले केन्द्रीय विद्युत् लाइनलाई छिटो विस्तार गर्न विद्युत प्राधिकरणसँग छलफल भएको उहाँको भनाइ छ । पहिरोले धेरै स्थानमा सडकको जगनै बगाएकाले पालिकाले मात्र मर्मत सम्भार गर्न सम्भव नभएकाले संघ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउन करिब दुईतीन करोड रुपियाँ बजेट लाग्ने अनुमान गरेका छौं उहाँले भन्नुभयो, ूयति धेरै बजेट पालिकाले व्यवस्था गर्न नसक्ने भएकाले माथिल्लो निकायमा माग गरेका छौं।ू

पहिरो पीडितहरुलाई राहत र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा राख्ने विषयमा जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, जिल्ला प्रशासनलगायत सरोकारवालासँग पालिकाले नियमित छलफल गरिराखेको उहाँले बताउनुभयो । क्षतिको विवरण सङ्कलन र घाइतेको उपचार लगायतका विषयमा पालिकाले पहिरो प्रभावित बस्तीहरुमा टोली खटाएको उहाँको भनाइ छ । पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com