ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना’


एबीसी न्यूज

काठमाडौं २४ साउन ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो ।

उहाँले त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने बताउनुभयो । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट ९भिएफआर०ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

महानिर्देशक अधिकारीले ‘‘आज बिहान माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौं । यसको रुटकज चाहिं सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ ।

यो चाहिँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लङ्घन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला ।’’

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गर्नुभयो ।

महानिर्देशक इन्जिनियर अधिकारीले भन्नुभयो, ‘‘टावरबाट सम्पर्क विच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्‍यौं । जबसम्म हामी क्र्यास साइट आएडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शङ्कास्पद ठाउँ पत्ता लगाउने बित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेको अवस्था थियो ।

नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ ।’’

साउन २३ गते बुधबार ९हिजो० सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com