ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी जनयुद्धबारे पूर्णबहादुर खड्काको प्रतिवेदनमा हेरफेर, अनावश्यक र विध्वंशकारी भन्ने शब्द हटाइयो


एबीसी न्यूज

काठमाडौं २४ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी जनयुद्धबारे महासमिति बैठकमा राखेको धारणा परिवर्तन भएको छ।

गत फागुनमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा खड्काले प्रतिवेदन पेस गर्दै माओवादी जनयुद्धलाई ‘कथित, अनावश्यक र विध्वंशकारी’ भनेका थिए।

खड्काको उक्त धारणा सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले तिब्र असन्तुष्टि जनाएको थियो। त्यसलाई समेत ख्याल गर्दै खड्काले आफ्नो प्रतिवेदनमा प्रयोग भएको भाषा परिमार्जन गरेका हुन्।

बुधबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठकमा महासमिति बैठकमा पेस भएका प्रतिवेदनलाई परिमार्जित गरेर पेस गरिएको थियो।

खड्काको परिमार्जित प्रतिवेदनमा पहिले प्रयोग भएका ती शब्दहरू हटाइएको छ।

महासमिति बैठकमा पेस भएको धारणा
कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो। ध्वंश विध्वंशहरू भए। विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो। यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन।

परिर्माजित प्रतिवेदनमा प्रयोग भएको भाषा
सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र समृद्धिको त्यो यात्रा अवरुद्ध भयो। सशस्त्र द्धन्द्धको कारणले विकासका कतिय संरचना तथा योजनाहरु तहसनहस भए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com