ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ पहिरोमा पुरिएर ८ जनाले गुमाए ज्यान, घाइतेको हेलिकोप्टरबाट उद्धार हुँदै


एबीसी न्यूज
श्रावण २२, २०८१ मंगलबार  ४ : ३३ बजे

काठमाडौं २२ साउन । बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा गएको पहिरोमा परी एकै दिन ८ जनाले ज्यान गुमाएका छन्। दर्लिङखोलामा पहिरोले वडा नम्बर ९ मा एउटा र १० स्थित आरुपाटामा तीनवटा घर पुरिएका थिए।

पहिरोमा परी चारजना घाइते भएका छन्। पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार, दुईवटा वडामा गरेर अहिलेसम्म ८ जनाका शव फेला परेका छन्।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेत छन्।

त्यस्तै, वडा नं १० मा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढा, सञ्जु विककी ६ वर्षीया छोरी, ५९ वर्षीया मैतीदेवी विकको मृत्यु भएको छ।

पहिरोमा परेर घाइते हुनेहरूमा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढा घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

घाइतेलाई हेलिकोप्टर बोलाएर उद्धार गर्न लागिएको प्रजिअ सुवेदीले नेपालबरलाई जानकारी दिए।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर उडिसकेको प्रदेश सांसद जितबहादुर शेरचनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

सम्बन्धित

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com