काठमाडौँ, १६ फागुन । नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरिएको छ ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै भोजपुर प्रहरीले चन्दलगायत २० जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको हो।
यस्तै, भोजपुर अदालतको आदेशानुसार चन्दको कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–९ चन्द्रौटास्थित घरमा पनि पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभर सर्कुलर जारी गरेको भोजपुर प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए ।
भोजपुर अदालतले उपस्थित गराउन भन्दै चन्दविरुद्ध पत्र काटेको छ, त्यसैका आधारमा प्रहरीले चन्दलाई खोजी गरिरहेको हो । चन्द भने लामो समयदेखि सार्वजनिकरुपमा देखापरेका छैनन् ।उनीसँगै वारेन्ट जारी गरिएकामध्ये महेन्द्र तामाङ, प्रकाश गुरुङलाई धरौटीमा छाडिएको छ ।
प्रतिक्रिया दिनुहोस्