काठमाडौं २० साउन । गुल्मी जिल्लाको रिडी रुद्राबेनी वामीटक्सार सडकका ४ ठाउँमा पक्की पुल बन्ने भएका छन् । उक्त सडकखण्डमा पुल नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्दै आएका थिए ।
सडक सञ्चालन भएको वर्षौं बित्दासमेत पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाएको समेत उदाहरण छन् । पुल नहुदा वर्षातको समयमा बिरामी तथा जेष्ठ नागरिकले यात्रामा अत्यन्तै दुःख भोग्नुपर्ने अवस्था छ ।
वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुट्ने सवारी साधनहरु वर्षातको समयमा खोला बढ्दा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट–३ का वसन्त अधिकारीले बताए । खोला तर्न नसक्दा बाटौमै बिरामी तथा जेष्ठ नागरिकहरुले अत्यन्तै दुःख झेल्नु परेको अधिकारीले बताए ।








प्रतिक्रिया दिनुहोस्