ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुल्के बेसीँमा विकासले निम्त्याएको विनाश


एबीसी न्यूज

काठमाडौं १८ साउन । भुल्के बेसीँमा गएराती अविरल वर्षासँगै आएको बाढीले सुनकोशी गाउँपालिका–६ भुल्के दोभानमा धान खेत पुरिएको छ । भुल्केका करिब १६ जनाको धान रोपिएको खेत बाढीसँगै आएको खहरेले पुरिएको हो ।

भुल्के ताप्के डाडाँ हुँदै सुनकोशी गाउँपालिका सदरमुकाम जान खनिएको सडकका कारण वर्षासँगै आएको खहरे बाढीले भुल्के दोभानको खेत र धान पुरिएको स्थानीय प्रभा गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार सडक खनिएको कारण माथि पाखाबाट आएको खहरेले भुल्के र मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुर जोड्ने झोलुङ्गे पुलमा पनि क्षती पुगेको छ । यसका साथै मानेभञ्ज्याङ माधवपुरको माटे दोभानमा पनि बाढीसँगै आएको खहरेले खेत पुरिएको छ ।

त्यहाँ पनि सडक खनिएको कारण वर्षासँगै आएको खहरेले खेत पुरिएको छ । भुल्के दोभानमा के कती क्षेत्रफलमा क्षति पुगेको भन्ने बारे विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो ।

स्थलगत अनुगमन गरेर क्षतिको विवरण सङ्कलन गरिने अध्यक्ष तामाङको भनाइ छ । सडक खनिएकै कारण वर्षासँगै आएको खहरे बाढीले धान खेत पुरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com