काठमाडौं १७ साउन । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको औपचारिक भ्रमणमा जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ।
अर्थ मन्त्रालयले उक्त भ्रमणका क्रममा भएको खर्च निकासा गरेको हो।
जेठ २९ गते राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा गएका थिए।
जेनेभामा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ग्लोबल कोलिसन फर सोसल जस्टिस० को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।
भ्रमणका क्रममा उनी जर्मनी पनि पुगेका थिए। उनी भ्रमण सकी असार ५ मा स्वदेश फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस्