काठमाडौं १७ साउन । कारोबार भइरहँदा १२ स् ३७ बजे २८०५ अंकसम्म पुगेको सेयर बजार अन्ततः २७४७ अंकमा झरेर बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२।९३ अंक घटेको हो । परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य छ । अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो । यस दिन भने २१ अर्ब ७१ करोडको कारोबार भयो ।
७४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ३ को स्थिर रह्यो । बिहीबार बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३।६९ प्रतिशत तथा निर्जीवन बीमा १।७४ प्रतिशत बढ्यो । लगानी २।७४, फाइनान्स १।७७, होटल तथा पर्यटन ०।३५ प्रतिशत बढे ।
बैंकिङ १।३९, विकास बैंक ०।७९, हाइड्रोपावर १।९० उत्पादन १।०४, माइक्रोफाइनान्स ०।८२, अन्य ०।२२ तथा व्यापार समूह ३।५४ प्रतिशत घटे । समग्र बजार घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
पिपुल्स हाइड्रोपावरको ९, रसुवागढी हाइड्रोपावरको ७, अपर सोलु हाइड्रोपावरको ६।७ तथा मन्दाकिनी हाइड्रोपावरको ६।५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स तथा निफ्रा क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्