काठमाडौं १७ साउन । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटेको छ ।बिहीबार सिंहदरबारमा बसेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठकबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो ।
यद्यपि प्रतिवेदन तयार पारी शीर्ष नेताहरुलाई बुझाउने काम बाँकी रहेको नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले टिआरसीसँग सम्बन्धित बिलको जे असहमति भएका विषयहरु थिए । त्यसमा छलफल गरिरहेका छौँ । आजको बैठकबाट सतप्रतिशत सहमति भएर उठेका छौँ । शीर्ष नेताहरुसँग शेयर गर्न बाँकी छ । तीन जनाको संयन्त्रले फराकिलो ढङ्गबाट छलफल गरेपछि शब्द शब्दमा गएर छलफल गरेका छौँ । पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी हामी उठेका छौँ ।’’
उहाँले टिआरसीसँग सम्बन्धित बिलका बारेमा असहमतिका विषयहरुलाई कार्यदलको बैठकले सहमतिमा पु¥याएको र बैठकबाट सतप्रतिशत सहमति भएको बताउनुभयो । उहाँले शुक्रबार वा शनिबारसम्म प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने बताउनुभयो ।
‘‘भोलि वा पर्सिसम्म एउटा प्रतिवेदन बनाएर शीर्ष नेतालाई दिनेछौँ । अहिलेसम्म गरेका काम र सहमतिको प्रतिवेदन पेश गर्नेछौँ । अब हामी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी समाप्त गर्नेछौँ । सबैको सहयोग यसमा चाहिन्छ । यो काम गरिसकेपछि कानुन, न्याय तथा मानव अधिकार समितिमा यो विधेयक छ, त्यसलाई त्यहाँबाट यही संसदबाट यो बिल पारित गरेर आयोग बनाएर त्यो आयोगमार्फत द्वन्द्वकालीन सम्पूर्ण घटनाको टुङ्गो लगाउनेछौँ ।,’’ प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘‘यो ऐन बमोजिम शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्गोमा पुर्याउनेछौँ । आयोगको कार्यावधि चार वर्षको भनेका छौँ । त्यो समयभित्रै यसको समग्र सङ्क्रमणकालीन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउँछौँ । टिआरसी बिल पारित गरेपछि मात्रै चालु अधिवेशन अन्त्य हुन्छ ।’’
प्रमुख सचेतक बर्तौलाले पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको बताउनुभयो । उहाँले चालु संसदबाटै विधेयक पारित गरेर अघि बढ्ने पनि जानकारी दिनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव जनार्दन शर्माले सुरक्षाकर्मीका लागि आवश्यक राहत परिपूरण, बहिर्गमित योद्धाहरुका बारेमा पन िस्पष्ट छलफल भएको बताउनुभयो । उहाँले गम्भीर मानव उल्लङ्घनका सन्दर्भमा नियतवश वा स्वेच्छाचारी ढङ्गले भन्नेकुरा पनि उल्लेख गरिएको बताउनुभयो । उहाँले लामो समयदेखि अड्किरहेको विषयलाई राजनीतिक स्तरमा मुख्यतः पीडितहरुको लागि सम्बोधन गर्न पाउने वातावरण बनोस् भन्ने उद्देश्यका आधारमा पीडितहरुको मागअनुसार नै टुङ्ग्याएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपालको शान्ति प्रक्रियाका धेरै काम टुङ्ग्याइसकेको अवस्थामा यो एउटा काम बाँकी थियो । पीडितलाई सम्बोधन गर्नुपर्ने, उहाँहरुलाई न्याय दिनुपर्ने कामलाई आज हामीले अघि बढाउन कानून निर्माण गर्नेकुरा अघि बढाउन सहमति गरेका छौँ । प्रक्रिया हुँदै सदनबाट अघि हुनेछ । पीडितले छिटोभन्दा छिटो न्याय पाउनुहुनेछ । नेपालको शान्ति प्रक्रियाको मौलिकता जो छ, त्यो विशेषताका आधारमा हामी दलहरुले छलफल गरेर सहमति गर्नसक्छौँ भन्नेकुरा स्थापित गरेका छौँ ।’’
प्रमुख सचेतक बर्तौलाले पीडितलाई सम्बोधन गर्नुपर्ने, न्याय दिनुपर्ने कामलाई अघि बढाउन कानुन निर्माण गर्नेकुरामा सहमति भएको बताउनुभयो । उहाँले पीडितले छिटो न्दा छिटो न्याय पाउने पनि जानकारी दिनुभयो । नेपालको शान्ति प्रक्रियाको मौलिकता र विशेषताका आधारमा नै दलहरुले छलफल गरी सहमति गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्