काठमाडौं, १६ फागुन। प्रहरी अधिकारीहरुबाट सुरक्षा ब्रिफिङ लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज प्रहरी मुख्यालय पुगेका छन् ।
ब्रिफिङको सुरुआत्मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् ।
अब केहीवेरमा गृहमन्त्री थापाले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनेछन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरु ब्रिफिङमा सहभागी रहेका छन् । यहि १४ फागुनमा गृहमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिक्रिया दिँदै थापाले नेपालको सुरक्षा निकायलाई विश्वकै नमुना बनाउने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्