काठमाडौं १६ साउन । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा तरलता ९लगानीयोग्य पैसा० पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १६ गते अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन भनेको छ।
साउन १६ गतेदेखि भदौ ५ गतेसम्मका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो।
निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्