काठमाडौं १५ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका–२ जरङखु मेलमिलाप टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– ८ बस्ने वर्ष २२ को रोशन थापा र नुवाकोटको ककनी गाउँपालिका–७ घर हुने वर्ष ३० को राकेश बलामी रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८।५ ग्राम र नगद ७ हजार ४ सय रुपैयाँ बरामद गरेको छ।
स्थानीय शोभा श्रेष्ठको घरको भुई तलामा लागुऔषध बिक्री वितरण भई रहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट गएको प्रहरी टोलीले उनीहरुलाई सो पदार्थसहित नियन्त्रणमा लिएको हो।
यससम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्