काठमाडौं १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की सांसद रोशन कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई ‘नालायक’को संज्ञा दिएकी छिन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदीय समितिमा प्रधानमाथि यौन शोषणको उजुरी परेको उनले जानकारी गराइन्।
प्रधानलाई नियुक्त गरिएको खण्डमा ५१ प्रतिशत महिला र संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने उनको जिकिर थियो।
‘यौन शोषणको आरोप उहाँ कृष्णमान प्रधान० माथि लागेको छ। ती महिलाले उजुरी दिएकी छिन्। तीनको भनाइ अनुसार यसबारे उनले अदालतलाई पनि गुहारेकी थिइन्। पछि मिलापत्र भएर पटक पटक गरेर कृष्णमान प्रधानले एक करोड तिरेको पनि रसिद छ,’ कार्कीले भनिन्, ‘सभामुखमार्फत् अनुरोध र प्रश्न गर्न चाहन्छु। त्यसलाई यदी आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ। संविधानको धारा २४५ को उपदफा ६ को पनि अपमान हुन्छ।’
उनले संसदीय मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै आफूले उनलाई ‘नालायक’ भन्ने पनि बताइन्।
‘यो संसदीय मर्यादाभित्र पर्छ कि पर्दैन। म त भन्छु– ती त ‘नालायक’ हुन्। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, उहाँले केही राम्रा काम गर्नुभएको छ, एउटा दुईटामा चुक्नुभएको छ। संसदीय समितिले तीनीलाई अनुपयुक्त र ‘नालायक’ ठहर गर्न आग्रह गर्दछु,’ उनले भनिन्।
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमानमा नैतिक चरित्र नदेखिएकोमा सुनुवाइ समितिका सांसद एकमत
प्रतिक्रिया दिनुहोस्