ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौर्यको जहाज दुर्घटनाको छानबिन समितिका सदस्यमाथि प्रश्न


एबीसी न्यूज

काठमाडौं १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न गठित समितिका सदस्यमाथि प्रश्न उठाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भनेर प्रश्न उठाएका हुन् ।

‘छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ । सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ’ लिङ्देनले प्रश्न गरे ।

एउटै व्यक्तिलाई पटक–पटक छानबिनको जिम्मेवारी दिने गरिएको भनेर पनि उनले सरकारमाथि प्रश्न उठाए ।

विमानलाई सी–चेकका लागि पोखरा नै लैजानु पर्ने कारण समेत थाहा हुन नसकेको बताए । काठमाडौँमा सी–चेक हुन सक्ने हो कि होइन रु भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

सम्बन्धित

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने

मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com