काठमाडौं ११ साउन । गत शुक्रबार ९साउन सौर्य एयरको विमान दुर्घटनमा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमको काम सकिएको छ। शुक्रबर बिहान शव पोस्टमार्टमको काम सकिएको र अब शव पहिचानको काम सुरु भएको अस्पतालले जनाएको छ।
शव हस्तान्तरणका लागि मृतकका आफन्तहरूसँग समन्वय सुरु गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए। आज बेलुकीसम्म पहिचान भएका शवहरू आफन्तलाई बुझाउनेगरी छलफल भइरहेको छ।
मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन्। उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ।
अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा। गोपाल प्रसाद चौधरीका अनुसार, लगातार गरिएको पोस्टमार्टमपछि शुक्रबार बिहान काम सकिएको हो।
पोस्टमार्टमका लागि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पताल समेतका गरी २५ जना चिकित्सकहरू खटिएका थिए।
सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल ९दाँतको भाग० र शरिरमा स्थायी रुपमा बनेका संकेतहरू ९खत, ट्याटु लगायत० हेरिनेछ।
त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने डा। चौधरीले बताए।
पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको थियो।
चालक मनीषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।
काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा।डा। मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको छ।
अहिले उनको अवस्था समान्य छ।
प्रतिक्रिया दिनुहोस्