काठमाडौं ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार पद तथा गोपनीयताको शपथ खाएका छन्।
मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामालाई बुधबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।
यसपछि अन्य मन्त्रीहरुको समेत आजै शपथ ग्रहण हुने बताइएको छ। यससँगै एमालेका मन्त्री र कांग्रेसका मन्त्रीहरू गरी १३ सदस्य मन्त्रिपरिषद् बन्नेछ।
प्रतिक्रिया दिनुहोस्