काठमाडौं ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण आगो लागेको हो।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार विमान दुर्घटना भएर आलो लागेपछि अहिले सुरक्षाकर्मी खटिएका छन्।
‘काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर आगो देखिएको छ,’ विमानस्थल राडारका ती अधिकृतले भने।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्