काकाठमाडौं ८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले संसद्को रोष्ट्रमबाटै ५ हजार घुस दिएको अभिव्यक्तिलाई नजरअन्दाज गरिएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र संसदलाई यसबारे जानकारी गराउन माग गरे।
‘एक जना पूर्वमन्त्री र सांसदले ५ हजार घुस दिएको कुरा उठाउनुभयो। मलाई लाग्यो, उहाँले आफ्नो छोराको सर्टिफिकेटका लागि ५ हजार दिएर काम भयो भन्ने अभिव्यक्ति रोष्ट्रमबाट दिनुभयो,’ उनले भने, ‘हिजो प्रधानमन्त्रीज्यूले जवाफ दिँदै गर्दा पनि म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न भन्नुभएको छ। यो ५ हजारको कुरा के होरु यो भ्रष्टाचारको विषय हो कि होइनरु’
मन्त्री र सांसदले नै घुस खुवाउनुपर्ने अवस्था रहेको भन्दै मुलुकमा आम सर्वसाधरणको अवस्था के होलारु भन्दै उनले प्रश्न गरे।
‘५ हजार घुस खाएको भनेर एउटा सांसदले भन्दैगर्दा यसलाई नजरअन्दाज किन भयोरु एउटा मन्त्री र सांसदले पनि घुस दिनुपर्ने मुलुकमा आम सर्वसाधरणको अवस्था के होलारु
सांसद सिंहले अघि थपे, ‘यत्रो काण्डमा हाउस स्तब्ध भएर बसेको छ। हरेक कार्यालयमा दलालहरू छटपटिएका छन्। ५ हजार घुसको सन्दर्भमा तत्काल रुलिङ गर्दै ३ दिनभित्र जानकारी गराउन आग्रह गर्दछु।’
पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालय अन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले ५ हजार घुस दिएको दाबी गरेका थिए।
छोराको सर्टिफिकेट ९प्रमाणपत्र० इक्युभ्यालेन्ट ९समकक्षता०का लागि जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको उनको भनाइ थियो।








प्रतिक्रिया दिनुहोस्