काकाठमाडौं ८ साउन । बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन्।
नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा मंगलबार ९आज० दाबी पेस गरेका हुन्।
बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसंगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए।
सोही अनुसार एमालेको २७ र काङ्ग्रेसको ३७ गरि ६४ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
सात राजनीतिक दल रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो।
मुख्यमन्त्रीको नियुक्ति आजै साँझ हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्