ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखको सचिवालयले ९ लाख लिएको रहेछ- मुकुल ढकाल


एबीसी न्यूज

काठमाडौं ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा राना निर्दोष रहेको भनी प्रतिरक्षा गरिरहेका बेला सोही पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले भने त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

राना रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन्।  रास्वपाको स्पष्टीकरण( उपसभामुख राना निर्दोष छिन् तर निष्पक्ष छानबिनका पक्षमा छौँ

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै डा। ढकालले उपसभामुख रानाले नेपालीलाई अमेरिका पठाउन भनी आर्थिक लेदनेदसमेत गरेको गम्भीर आरोप लगाएका हुन्।

‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईंले कुरा कता–कता पुर्‍याउनुभयो, मेरो पैसा फिर्ता आयो’ बताइन्’, मुकुलले लेखेका छन्, ‘९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्। पीडितका अनुसार ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ।’

पार्टीभित्र महामन्त्रीको हैसियतले आफूले उक्त प्रकरणको अनुसन्धान गरिरहेको तर आफूलाई पार्टीबाट निकालिएपछि यो विषय अगाडि बढ्न नपाएको उनको दाबी छ। साथै यसमा पार्टी सभापति रवि लामिछानेको समेत मिलेमतो रहेको आरोप मुकुलले लगाएका छन्।

‘हालसालै घटना सार्वजनिक भएपछि रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरुपोयग गर्‍यो। लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नुअघि तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लबले सामान्य सोधपुछसमेत गरेन’, मुकुलको आरोप छ, ‘यसको मतलब क्लब विषयको गाम्भीर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो।’

सभापति लामिछाने र रास्वपाप्रति अति रुष्ट डा। ढकालले यो विषय अनुसन्धान हुनुपर्ने र त्यसका लागि उपसभामुख रानाले पदबाट राजीनामा दिएर सहयोग गर्नुपर्ने जिकिर उनले गरेका छन्। साथै आवश्यक परे आफूसँग सोधपुछ गर्न पनि उनले सरकारलाई आह्वान गरेका छन्।

‘उपसभामुखले तत्काल पदबाट राजीनामा दिई आफूमाथि छानबिनका लागि स्वंय तयार हुनपर्छ। छानबिनका लागि तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेस गर्न सक्नुपर्छ। छानबिनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो किरु सबै पत्ता लागिहाल्छ’, मुकुलले भनेका छन्, ‘राज्यले अनुसन्धान गर्ने हो भने ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन। राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु।’

उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ
वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ। साथै, उहाँले पार्टीका एकजना पालिका सभापतिसँग आफूले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ। टेलिफोन संवादअनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला आफूलाई पीडित भन्दै उहाँसँग सम्पर्कमा आउनुहुन्छ। पीडितका अनुसार १ वर्षअगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन्।

घटनाको खबर प्राप्त गर्नेबित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा। स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृह मन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दीपक बोहोरासम्म कुरा पुर्‍याएँ र गृह मन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेकोरनउडेको अध्यागमनबाट हेर्न आग्रह गरेँ। भोलिपल्ट रामनवमी परेकाले पर्सिपल्ट कोही पनि विदेश नउडेको खबर प्राप्त गरेँ। घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले सुरुमा पत्रका बारेमा जानकार नरहेको बताउनुभयो तर अलिकति केरकार गरेपछि उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको, उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भनेअनुसार पत्रमा हस्ताक्षर गरेको बताउनुभयो।

ूनचिनेको मान्छे भन्न पाइन्छरुू , ूत्यसरी हस्ताक्षर गर्न मिल्छरुू भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले ूथाहा भएनू भन्ने सामान्य उत्तर दिनुभयो। ूथाहा छैन भन्न पाइन्छ रुू भनेर मैले प्रश्न गरिरहेँ, तर उहाँले ूथाहा छैनूको रटान लगाइरहनुभयो। त्यसपछि अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथाशक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिएँ। त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनुभयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भनेँ।

उपसभामुखको मात्र होइन, ूथाहा छैनू भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु। भविष्यमा यस्ता ूथाहा छैनू प्रकरण थप खुल्दै जाने नै छन्, किनभने सत्यलाई केहि दिन लुकाउन सकिएला, सधैँ लुकाउन सकिन्न। ूथाहा छैनू भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दबाबकै कारण मैले समीक्षा यात्रा पनि ूथाहा अभियानूका अभियन्ता रूपचन्द्र विष्ट ुरुदानेुको गाउँ ूथाहा नगरपालिकाूबाट सुरु गरेँ।

उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछि इलामको उपचुनाव आयो। चुनावको नतिजापछि पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्‍यो। त्यसपछिका घटनाक्रम आम जनतामाझ आइसकेको छ।

उपसभामुखको पत्र र मानव तस्करीजस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सीमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भए कि अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवतस् सबैको जानकारीमा आएकै विषय हो। महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशनअनुसार पार्टी कार्यालयमा उपस्थित गराउनुभएन र उपस्थित नगराएका कारण थप कदम चाल्नुपर्ने हुन्थ्यो, जुन अवस्थामा म रहिनँ र जानकारमध्ये अन्य कसैले चासो दिएन।

उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ूतपाईंले कुरा कता(कता पुर्‍याउनुभयो, मेरो पैसा फिर्ता आयोू बताइन्। ९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्। पीडितका अनुसार ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ।

हालसालै घटना सार्वजनिक भएपछि रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरुपोयग गर्‍यो। लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नुअघि तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लबले सामान्य सोधपुछसमेत गरेन। यसको मतलब क्लब विषयको गाम्भीर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो।

उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानबिन हुनपर्छ। मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा म यति भन्न सक्छु( आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न। अझै पनि ती ५ जनालाई खोजी गरी तिनीहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो।

यहाँ गाह्रो भनेको( ती ५ जना खोज्नु हो। राज्यले अनुसन्धान गर्ने हो भने ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन। राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु।

उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ। यसो भन्दै गर्दा हामीले यो पनि बिर्सन हुन्न कि हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्निपरीक्षा दिन तयार हुनुभएको थियो। विगतको छवि उच्च रहे पनि छानबिनका लागि तयार हुन नपर्ने केही कारण नै छैन।

उपसभामुखले तत्काल पदबाट राजीनामा दिई आफूमाथि छानबिनका लागि स्वंय तयार हुनपर्छ। छानबिनका लागि तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेस गर्न सक्नुपर्छ। छानबिनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो किरु सबै पत्ता लागिहाल्छ। तर आफ्नो विगतको प्रतिष्ठाका खातिर र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूमाथि आफैँ छानबिनको माग गर्दै राजीनामा दिनपर्छ।

यसै पनि त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरी के नै काम गर्न सकिन्छ ररु वा गरिएको छ ररु त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उँचो बनाउनु हो, जुन राजीनामा दिएर गर्न सकिन्छ नकि पदमा बसेर।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com