ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री


एबीसी न्यूज

काठमाडौं ६ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दसौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाए।

राज्यका संवद्ध निकायहरूमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने उनको भनाइ थियो।

 

अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकाउन्टेन्टहरूको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको पनि बताए।

‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, छपछिल्ला दिनहरुमा चार्टड एकाउन्टेन्छ सरकारका संवद्ध निकायहरूमा चार्टड एकाउन्टेन्टको दरबन्दी प्रवन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरू उठिरहेका छन्। छलफल चलिएरहेको छ।’

मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण भूमिका रहने पनि उनले उल्लेख गरे।

अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको पनि बताए।

आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेन्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे।

‘हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ। त्यो गुणस्तर कायम गर्नको लागि राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ,’ उनले भने, ‘त्यो प्रबन्धका साथ सरकारले लेखापरीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरू आइरहेका छन्। त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ। केही समय लाग्नसक्छ। यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी गर्नुपर्ने महसुस गरेको बताए।

सरकारले सरकारी निकायहरूमा लेखापरीक्षणमा चार्टर्ड एकाउन्टेन्टहरूले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com