काडमाडौं ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ।
‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न गराउनुहुन र सो सेवा संचालन गरेपश्चात मन्त्रालयलाई जानकारी गराउन हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त कार्यविधिको ढाँचा स्वास्थ्य मन्त्रालयको वेभसाइटबाट सकिने मन्त्रालयले जनाएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणगरेसँगै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था दावी गरेको थिए ।
पौडेलले महिना दिनभित्र लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकै बेला विस्तारित अस्पताल सेवा कार्यक्रम लागू गर्नका लागि मन्त्रालयले निर्देशन जारी गरेको छ ।
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको जारी गरेको विज्ञप्ति









प्रतिक्रिया दिनुहोस्