काठमाडौं २ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १७५ को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाल महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।
वरिष्ठ अधिवक्ता बडाल काठमाडौं महानगरपालिका ७ चाबहिल निवासी हुनुहुन्छ।









प्रतिक्रिया दिनुहोस्