काठमाडौं २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन ले भेटवार्ता गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
भेटपछि समाजिक संजाल एक्समार्फत त्यसबारे जानकारी गराउँदै अमेरिकी राजदूत थम्पसनले नवनियुक्त प्रधानमन्त्रीसँग शानदार कुराकानी भएको उल्लेख गरेका छन्।
‘नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग शानदार कुराकानी भयो,’ उनले भनेका छन्, ‘हामीले हाम्रा दुई राष्ट्रबीचको ७७ वर्षको सहकार्यबारे छलफल गर्यौं। नेपाल र अमेरिकाबीचको सहकार्यलाई बलियो बनाइराख्न अमेरिका सरकारसँग काम गर्न तत्पर छ।’
भारत र चीनका राजदूतपछि अमेरिकी राजदूतले बालुवटारमा भेटेरै नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन।








प्रतिक्रिया दिनुहोस्