काठमाडौं १ साउन । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घन्टा शल्यक्रिया सेवा दिने भएको छ ।
अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ ।
अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा। रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।
कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।
हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६–७ वटा शल्यक्रिया हुँदै आएको छ ।
अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन अस्पतालले अनुरोध गरेको छ ।
अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपीडी सेवा प्रवाह गर्ने भएको हो ।
युनिट १ मा डा। रविभक्त टिमिला ९युनिट इन्चार्ज०, डा। सिद्धार्थ प्रधान, डा। निर्मल पन्थी, डा। विशाल सिंह र डा। मारिशा अर्याल रहेका छन् ।
यस्तै युनिट २ मा डा। रामेश कोइराला ९युनिट इन्चार्ज०, डा। आभाष कार्की, डा। अपूर्व ठाकुर, डा। अल्का सिंह र डा। धर्मेन्द्र जोशी छन् ।
युनिट ३ मा डा। नविनचन्द्र गौतम ९युनिट इन्चार्ज०, डा। विश्व पोखरेल, डा। निवेश राजभण्डारी, डा। ऋचा जोशी र डा। निशेष बस्नेत छन् ।








प्रतिक्रिया दिनुहोस्