ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार गठन हुने


एबीसी न्यूज

राजविराज, १५ फागुन ।  प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार बनाउने प्रयास भइरहेको बताउनुभयो ।

“प्रदेशलाई आर्थिकरुपमा समृद्ध र विकसित बनाउन सबै पार्टीको सहकार्य आवश्यक छ,” नेता मण्डलले भन्नुभयो, “प्रदेश नं २ मा राजपा र फोरमका प्रदेश सांसद नै अनुपस्थित भएर विश्वासको मत नपुग्ने अवस्थामा हामीले विश्वासको मत पनि दिएका छौँ ।” मधेश र मधेशी जनताको पक्षमा कम्युनिष्ट पार्टी नै रहेको कुरा व्यवहारबाट जवाफ दिने उहाँले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले केन्द्रमा फोरम–राजपा तथा प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठनको प्रयास भइरहेको बताउनुभयो ।

मधेशी जनता र सरकारबीच पुलको काम गर्ने बताउँदै उहाँले कामले मधेशको पक्षमा कम्युनिष्ट पार्टी रहेको पुष्टि गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

पूर्व सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादवले नाकाबन्दीको समयमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले मधेशका लागि दिएको पर्याप्त बजेटका कारण नै काँग्रेसको पालामा जीर्ण बनेका पूर्वाधार र संरचनाको विकास निर्माण शुरु भएको बताउनुभयो ।

परिषद्का अध्यक्ष भूपेन्द्रनारायण मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा एमाले र माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई अबीर, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com