ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान


एबीसी न्यूज
असार २४, २०८१ सोमबार  १ : २६ बजे

काठमाडौं २४ असार । प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गर्नुभएको हो ।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदी रूस र अस्ट्रियाको भ्रमणमा जानुभएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिविधि बढाउने अवसरको साझेदारी बन्नेछ ।

रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अस्ट्रियाको ऐतिहासिक भ्रमणमा रहनुहुनेछ । यो भारतीय प्रधानमन्त्रीको ४१ वर्षपछिको अस्ट्रिया भ्रमण हो ।

यसअघि एएनआईसँग कुरा गर्दै विदेशमन्त्री एस जयशङ्करले यो भ्रमण प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनका लागि समयसापेक्ष तथा सम्बन्धबारे छलफल गर्ने ठूलो अवसर हुने बताउनुभएको थियो ।

दुई राष्ट्रको वार्षिक शिखर सम्मेलनमा केही ढिलाइ भएता पनि परम्परागत र बलियो इतिहास भएकोले उहाँले वार्षिक शिखर सम्मेलनको आवश्यकतालाई महत्त्व दिएको बताउनुभयो ।

रूसका लागि भारतीय राजदूत विनय कुमारले प्रधानमन्त्री मोदीले सोमबार नै रूसी नेता पुटिनलाई भेट्ने बताउँदै यो भ्रमण निकै महत्त्वपूर्ण भएको बताउनुभयो ।

भारतीय राजदूतले कार्यक्रममा रूसी राष्ट्रपति पुटिनसँगको निजी बैठक, प्रतिनिधिमण्डल स्तरको वार्ता, रोसाटम प्याभिलियनमा रहेको प्रदर्शनी केन्द्र भ्रमण र विभिन्न सम्झौतामा हस्ताक्षर र आदानप्रदान गर्ने तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीको रुस भ्रमणको विवरण सार्वजनिक गर्दै विदेश सचिव विनय क्वात्राले सन् २०२२ मा उज्बेकिस्तानको समरकन्दमा भएको अनौपचारिक भेटपछि दुवै नेताले धेरै पटक फोनमा कुरा गरेको बताउनुभयो ।

भारत र अस्ट्रियाले कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भएको प्रधानमन्त्री मोदीको अस्ट्रिया भ्रमणका अवसरमा उहाँले अस्ट्रियाका चान्सलर कार्ल नेहमरसँग दुई देशबिचको सम्बन्ध बलियो बनाउन र सहयोगका नयाँ आयामहरू खोजी गर्ने बिषयमा गहन छलफल गर्नुहुनेछ । राससरएएनआई

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

जेनजी युवाको हत्या गर्ने र उक्साउने दुवैलाई कारबाही गर्नुपर्छ : प्रभु साह

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

प्रचण्ड-माधवको नयाँ अपील: बहुमत सुनिश्चित हुँदैछ, घात गर्नेहरूलाई तत्काल कारबाही!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com