ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धारा ७६ (२) कि (३) को सरकार भन्ने राष्ट्रपतिको कुरा हो – रघुजी पन्त


एबीसी न्यूज

काठमाडौं २३ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

नैतिक कुराहरु संविधानमा नलेखिने भन्दै उनले नेकपा एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले संविधानको व्यवस्था देखाएर नैतिकता भुल्न नहुने बताए ।

‘अहिलेको नैतिकता भनेको प्रधानमन्त्रीले राजीनामा दिनुहोस् । यद्यपि, उहाँलाई संविधानले समय दिएको छ । विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ । तर, नैतिक पक्ष त्यो होइन’, सांसद पन्तले भने ।

प्रधानमन्त्रीले बहुमत गुमाइसकेको उल्लेख गर्दै उनले यस्तो बेलामा अबको सरकार धारा ७६ ९२० अनुसार सरकार बन्ने कि ७६ ९३० अनुसार बन्ने भन्ने विषय राष्ट्रपतिको चिन्ताको विषय भएको बताए ।

 

‘अल्पमतमा परिसकेपछि पनि २ मा जान्छ कि ३ मा जान्छ, यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो । प्रधानमन्त्रीको काम बहुमत नभइसकेपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो’, उनले भने ।

संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी व्यवस्था छ । ७६९१० मा एकल बहुमतको सरकार, ७६९२०मा दुई वा दुई भन्दा बढी दलको सरकार र ७६९३० मा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको नेतृत्वको सरकार गठन हुने व्यवस्था छ ।

७६९२० अनुसार गठन भएको प्रचण्ड नेतृत्वको सरकार राजनीतिक रुपमा अल्पमतमा परेको छ । प्रधानमन्त्री प्रचण्डले यही सरकार २८ गते विश्वासको मत लिने तय गरेका छन् ।

प्रचण्डले विश्वासको मत नपाएपछि धारा ७६ ९२० अनुसार नै अर्को सरकार गठन आह्वान गर्ने कि धारा ७६ ९३० अनुसार भन्ने विषयमा राजनीतिक वृत्तमा प्रश्न उठेका बेला पन्तले यो चिन्ता राष्ट्रपतिलाई छाडिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com