ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दूध उत्पादनमा आत्मनिर्भर बन्दै बारा


admin
फाल्गुन १४, २०७४ सोमबार  ३ : ४१ बजे

वीरगन्ज, १४ फागुन । गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

आव २०७२-७३ को तुलनामा आव २०७३÷७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले जानकारी दिनुभयो ।

जिल्लामा करिब सत्तरी हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् । आव २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको साहले बताउनुभयो । दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हँुदै आएको छ ।

उत्पादित मध्ये दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर र सप्तरीमा बिक्री हुँदैआएको छ । जिल्लाबाट दैनिक रु पाँच लाख मूल्य बराबरको १० हजार लिटर दूध भारतमा बिक्री हुन्छ । जिल्लामा ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेका छन् भने अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार बराबरको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो ।

कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण कार्यक्रम, दूध प्रशोधनका लागि सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार र घाँस बाली कार्यक्रमका लागि अनुदान दिन थालेपछि जिल्लामा यस वर्ष ३ दशमलब ६ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत साहले बताउनुभयो ।

चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाई–भँैसी पाल्ने पकेट क्षेत्रका रुपमा चिनिन्छ । पशु प्रजनन (प्राकृतिक र कृत्रिम गर्भाधान), घाँस तथा पशु आहारा विकास, पशु स्वाथ्य सेवा र बजार प्रवद्र्धनलगायत सेवा प्रदान गर्दै आएको छ ।

गाई–भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशु सेवा कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमा पशु सेवासम्बन्धी प्याकेज कार्यक्रम पु¥याउँदै आएको छ । कार्यालयले आगामी कार्यक्रमअन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई दूधको शहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

‘इन्धनको मूल्यले बिथोलियो भान्सा’

नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा नयाँ नियम लागू, बजार संरचनामा ठूलो परिवर्तन

मधेसका नागरिकमाथि ‘सय रुपैयाँको ज्यादती’ : भारतबाट किनमेलमा नयाँ भन्सार नियम !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com