ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–एमालेले ४७ सालको संविधान फर्काउन खोजेका छन् : देव गुरुङ


एबीसी न्यूज

काठमाडौं १९ असार । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । बुधबार काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए ।

गुरुङले भने, ‘संविधानको जग वृहत शान्ति सम्झौता हो, वृहत शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरातमा षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’

उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा संविधानले दिएका सुविधा अनुसार संसदमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने बताए । उनले भने, ‘अहिलेसम्म सरकारमा सहभागी कुनैपनि दलले समर्थन फिर्ता लिएको जानकारी औपचारिक रुपमा आएको छैन, कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा हुँदैन । पार्टीले संविधानले दिएको सुविधाअनुसार संसदमा विश्वासको मत माग्ने निर्णय गरेको छ ।’

 

उनले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको ९३० अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे । गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्यख्या यहाँ मेल नखाने समेत दाबी गरे ।

‘कोशीमा ३० दिनसम्म विश्वासको मत नलिएपछि सोही धाराअनुसार सरकार गठन भएको हो, मुख्यमन्त्रीले विश्वासको मत लिएको भए अर्को धाराअनुसार सरकार गठन हुने थियो’ उनले बताए ।

महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए । उनले आन्तरिक रुपमा झिनामसिना कुरा भए पनि कांग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए ।

‘एमालेले वामपन्थी गठबन्धन छोडेर कांग्रेससँग घाटी जोड्न जानुपर्ने अवस्था हामीले देखेका छैनौं । केही झिनामसिना कुराबाहेक गठबन्धनमा कुनै खटपट थिएन तर पनि एमाले कांग्रेसको कित्तामा जान पुग्यो । यदि ओलीजीलाई प्रधानमन्त्री बन्ने रहरै पलाएकै भए यही गठबन्धनबाट झन् सजिलो थियो’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परेपछि कांग्रेसर एमाले एक ठाउँमा आएको गुरुङले दाबी गरे ।

उनले भने, ‘यो बीचमा भएको दुईवटा घटना हुन्, पहिलो टीआरसी र अर्को नक्कली भुटानी प्रकरणमा मुछिएर फरार रहेका झा र थापा पक्राउ । यदि झा र थापा पक्राउसँगै लहरो तान्दा पहरो आउने डरले एमाले र कांग्रेसएकठाउँमा आएका हुन सक्छन् नत्र त टीआरसी टुंग्याउनेमा तीनै दलको फरक मत छैन’

कांग्रेसर एमालेको कदमले नेपाल फेरि द्वन्द्वमा फस्न सक्ने बताउँदै दोस्रो युक्रेन बन्ने खतरा बढेको गुरुङले दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com