ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको उत्तर प्रदेशमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो


एबीसी न्यूज

काठमाडौं १९ असार । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् ।

यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो ।   गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए ।

स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्‍यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ ।

 

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

उत्तर प्रदेशका मुख्य सचिव मनोज कुमार सिंहले मिडियाहरुलाई दिएको जानकारी अनुसार भिड व्यवस्थापनका लागि प्रबन्ध नमिलाइँदा मानवीय क्षति भएको बताएका छन् ।

उनका अनुसार कार्यक्रममा ८० हजार जनालाई सहभागी हुने अनुमति थियो । तर त्योभन्दा धेरै संख्यामा कार्यक्रमस्थलमा मानिसहरु भेला भएका थिए ।

घटनास्थलमा पुगेका उत्तर प्रदेश सरकारका एक जना मन्त्री सन्दीप सिंहले मृतकका परिवारलाई दुई लाख रुपैयाँ घाइतेहरुलाई उपचारका लागि ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com