ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट को– को बन्दैछन् मन्त्री ? सरप्राइज दिने ओलीको तयारी


एबीसी न्यूज

 

काठमाडौं , १४ फागुन । आज सोमवार अपरान्ह नयाँ मन्त्रीहरुको सपथग्रहणको लागि राष्ट्रपति भवन शीतल निवासमा अनौपचारिकरुपमा कुरा पुगिसक्दा पनि एमालेबाट मन्त्री बन्ने प्रवल सम्भावना भएका नेताहरुलाई समेत सपथग्रहणको लागि तयार रहनू भन्ने खबर नपाएका एमालेबाट सम्भावित मन्त्रीहरु बताउछन् । । सम्भावित मन्त्रीहरु तयारी अवस्थामा छन्,तर पार्टीबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई जानकारी गराएका छैनन् ।

जसरी पहिलो चरणमा लालबाबु पण्डित र थममाया थापामगर मन्त्री बने त्यसैगरि कतिपय मन्त्रीहरुको छनौट सरप्राइज ढंगले हुनसक्ने ओली निकट नेताहरु बताउँछन् । एमालेबाट बढीमा ८ जना मन्त्रीले सपथग्रहण गर्नेछन्, जसमध्ये कम्तिमा दुई वा तीन पदाधिकारीसमेत हुनेछन् । स्रोतका अनुसार महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्नेछन् । यद्यपी सचिव प्रदिप ज्ञवालीले पनि अर्थमै दावी छाडेका छैनन् । ज्ञवालीलाई प्रधानमन्त्रीले परराष्ट्र मन्त्री बनाउन खोजे पनि उनले अर्थको दावी नछाडेको बालुवाटार सम्बद्ध स्रोतले जनायो । महासचिव पोखरेल र प्रदीप ज्ञवाली दुवैजना मन्त्री बन्ने भने निश्चित भएको छ । अर्का सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईलाई पनि मन्त्री बनाउने सन्दर्भमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार परामर्श गरिसकेको स्रोतले जनाएको छ । नेपालले मन्त्री बनाउनुपर्ने भनेर दिएका केही नामप्रति ओली असहमत रहेको स्रोतले बताएको छ ।

योगेश भट्टराईलाई सूचना तथा संंंचार प्रविधि मन्त्रालय दिने अनुमान गरिएको छ एमालेका पदाधिकारीहरुमध्ये अहिलेसम्म मन्त्री नबन्ने योगेशमात्र हुन् । त्यस्तै लगातार तीन पटक सांसद चुनाव जितेका युवा नेता रविन्द्र अधिकारी पनि ओली सरकारको क्याबिनेटमा समेटिने भएका छन् । संसदको विकास समिति सभापति हुँदा गरेको कामको अनुभवका आधारमा उनले भौतिक पूर्वाधार मन्त्रालयको अपेक्षा गरेको बताइन्छ । एमालेबाट मन्त्री बन्नेमा पोलिटव्यूरो सदस्य भानुभक्त ढकालको नाममा पनि छलफल भइरहेको छ । त्यस्तै प्रदेश ७ बाट तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाई पराजित गरेर दोस्रो पटक सांसद भएका प्रेम आलेलाई मन्त्री बनाउनेबारे ओली र नेपालबीच परामर्श भएको छ ।

उनलाई मन्त्री बनाउँदा आदिवासी जनजातिको समेत प्रतिनिधित्व हुने भएकाले आलेको सम्भावना बढी छ । त्यस्तै एमालेको सूर्य चिन्ह लिएर जितेका हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाउने बारेमा एमाले नेतृत्वमा छलफल भएको छ ।

सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ, यज्ञराज सुनुवारको नाममा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । उनीहरुमध्येबाट को–को मन्त्री बनाउने भन्ने अन्तिम अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नै रहेकाले सबै अन्यौलमा छन् । एमालेबाट मन्त्री बन्नेहरुको अन्तिम लिष्ट अहिलेसम्म कसैले पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com