काठमाडौं १६ असार । पदमुक्त गर्ने निर्णयकाविरुद्ध सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा आज गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त हुँदै छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी गरेका छन् ।
गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए । माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो ।
माओवादीले दल त्याग गरेको भन्दै पदमुक्त गर्न नमिल्ने भएकाले गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू भनी अन्तरिम आदेश जारी गरेको थियो । दुई वा दुईभन्दा बढी दलहरु मिलेर एउटै चुनाव चिह्नबाट विजयी भए पनि एउटै संसदीय दल हुने र जसको धेरै सदस्य हुन्छन्, त्यसैको दल बन्ने कानुनी व्यवस्थाअनुसार देवकोटा माओवादी संसदीय दलको सदस्य थिए ।







प्रतिक्रिया दिनुहोस्