काठमाडौं १० असार । सरकारले लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिव बनाउने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको श्रममन्त्री डीपी अर्यालले जानकारी दिए।
अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्