ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित


एबीसी न्यूज
असार ६, २०८१ बिहीबार  ११ : ४९ बजे

काठमाडौं ६ असार । फिल साल्ट र जोनी विस्ट्रोको शतकिय साझेदारीमा इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा वेस्ट न्डिजमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ।

जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लेको छ। दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। अंक विहीन अमेरिका तेस्रो र वेस्ट इन्डिज चौथो स्थानमा छन्।

आयोजक वेस्ट इन्डिजले दिएको १ सय ८१ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १५ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।

 

तेस्रो विकेटका लागि साल्ट र विस्ट्रोले ९७ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले आयोवक वेस्ट इन्डिजलाई स्तब्ध पारेको हो। साल्ट ८७ र विस्ट्रो ४८ रनमा अविजित रहे।

साल्टले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। साल्टले १६ औँ ओभरमा ४ छक्का र ४ चौका प्रहार गरे। उनले १६ औँ ओभरको पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गरे। चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरेका उनले अन्तिम बलमा १ चौका प्रहार गर्दै एकै ओभरमा ३० रन जोडे।

त्यसअघि समूह ‘बी’ को खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयोजक वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।

वेस्ट इन्डिजका ओपनर ब्रान्डोन किंग १३ बलमा ३ चौका र १ छक्का हान्दा २३ रन बनाउँदा रिटायर्ट हर्ट लिए। जोनसन चाल्र्सले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा ३८ रन बनाए।

निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ रन बनाए। कप्तान पावेलले १७ बलमा ५ छक्का हाने। सेफाने रोदरफोर्ड २८ र रोमारियो सेफार्ड ५ रनमा नटआउट रहे।

इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल रसिद, मोइन अली र लियाम लिभिङस्टोनले समान १ विकेट लिए।

साल्ट ७ र विस्ट्रो ४ रनमा अविजित रहे। साल्टले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।

साल्टले १६ औँ ओभरमा ४ छक्का र ४ चौका प्रहार गरे। उनले १६ औँ ओभरको पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गरे। चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com