ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो जितको खोजीमा क्रोएसिया र अल्वानिया


एबीसी न्यूज

काठमाडौं ५ असार । युरो २०२४ अन्तर्गत समूह बी को खेलमा बुधबार क्रोएसिया र अल्वानिया भिड्दैछन् ।

ह्याम्पवर्गस्थित भोल्कपार्कस्टेडियममा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । क्रोएसिया र अल्वानियाबीचको खेल नेपाली समय अनुसार बुधबार साँझ ६स्४५ बजे सुरु हुनेछ ।

क्रोएसिया पहिलो खेलमै स्पेनसँग ३(० ले पराजित भएको थियो । अल्वानियाले भने साविक विजेता इटलीविरुद्ध सुरुमै अग्रता बनाए पनि जोगाउन नसक्दा २(१ ले पराजित भएको थियो ।

पहिलो खेलमै पराजित भएको क्रोएसियाका लागि नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।तर, मिडफिल्डर निकोला भ्लासिक मसल चोटका कारण युरोबाटै बाहिरिएपछि क्रोएसियाका लागि घाटा पुगेको छ ।

२६ वर्षी भ्लासिक अब घर आफ्नै देश फर्किनेछन् ।

ज्लाट्को डालिको क्रोएसिया सन् २०१८ को विश्वकपमा फाइनल र २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । युरोमा भने त्यो स्तरको प्रदर्शन गर्न क्रोएसियालाई चुनौती छ ।

उता पहिलो खेलमा इटलीविरुद्ध खेल सुरु भएको २३ सेकेण्डमै गोल गरेको अल्वानिया सरप्राइज नतिजा निकाल्ने लक्ष्यमा छ ।

दोस्रो पटक युरो खेलिरहेको अल्वानियाले चेक रिपब्लिक र पोल्याण्ड जस्ता टिम रहेको छनोट प्रतियोगितामा शीर्ष स्थानमा सकाएको थियो ।

अल्वानियाका प्रशिक्षक सिल्भिन्होले आफ्नो टिममा युवा खेलाडीहरू रहेको तर युरो खेल्न सहज नहुने पनि बताएका छन् ।

क्रोएसिया र अल्वानिया कुनै पनि प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो ।

यी दुई टोलीबीच अहिलेसम्म दश खेल हुँदा अल्वानियाले जम्मा १ खेल मात्र जितेको छ । क्रोएसियाले ४ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com