ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार दोस्रो जितको लक्ष्यमा जर्मनी


एबीसी न्यूज
असार ५, २०८१ बुधबार  १२ : ३५ बजे

काठमाडौं ५ असार । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ ।

समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

जर्मनी र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९स्४५ बजे स्टुटगार्ड एरेनामा हुनेछ ।

जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५(१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा आयोजक जर्मनी छ ।

उता पहिलो खेलमा स्वीट्जरल्याण्डसँग २(१ ले पारजित भएको हंगेरी जर्मनीलाई स्तब्ध पार्दै पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले हंगेरीविरुद्ध पनि पहिलो खेलको जस्तै प्रदर्शन गर्ने लक्ष्य हरेको बताएका छन् । उनले आफ्नो टोली तयार रहेको र मैदानमा त्यही अनुसारको प्रदर्शनको अपेक्षा रहेको बताए ।

उता हंगेरीका प्रशिक्षक मार्को रोसीले जर्मनी अहिले कठिन प्रतिस्पर्धी रहेको र हंगेरीभन्दा राम्रो टिम भएको बताएका छन् । रोसीले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन दिने बताए ।

जर्मनी र हंगेरीबीच मुख्य प्रतियोगितामा खेल हुन लागेको यो चौथो पटक हो । यसअघि यी दुई टोली तीनपटक भिड्दा २० गोल भएको थियो । हरेक खेलमा ६।७ को औसतमा गोल भएको थियो । हरेक खेलमा हंगेरीले पहिले गोल गरेको थियो ।

जर्मनी पाँचौ पटक युरोको सुरुवाती दुवै खेल जित्ने लक्ष्यमा छ । यसअघि जर्मनीले १९७२, १९८०, १९९६ र २०१२ मा युरोको सुरुवाती दुवै खेल जितेको थियो ।

हंगेरीले २०१६ मा अष्ट्रियालाई २(० ले हराएयता युरोमा पछिल्लो ७ खेलमा जित हात पार्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com