काठमाडौं ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिइन्।
‘डोटी जिल्लाकै शिखर नगरपालिका वडा नम्बर १० र ११ जोडने पुल ठेक्का लागेर पनि काम भएको छैन। डोटी जिल्लाको अस्पताल भवन ठेक्का लागेर पनि अन्तिम अवस्थामा आएर रोकिएको छ। आईसीयू र डाइलासिस सेवा सुरु हुन सकेको छैन। बिरामीहरू रिफर गर्नुपरेको छ। यो समस्याहरू यथाशिघ्र समाधान गरियोस्। नेपालको विकास चाहने हो भने सबै क्षेत्रमा समान विकास हुनुपर्छ। प्रत्येक नागरिकको बराबर हक सुनिश्चित हुनुपर्छ।’
उनले सो अस्पतालमा आईसीयू र डाईलासिस सेवा तत्काल सुचारू गराउन पनि सरकारको ध्यानाकर्षण गराइन्। साथै, सांसद कार्कीले असार मसान्तमा आएर जथाभावी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराइन्।
‘वर्षभरी काम नहुने अनि असार मसान्तसम्म चाहीँ जसरी पनि खर्च गर्नुपर्ने प्रेसरमा पर्याप्त अध्ययन नै नगरी जथाभावी अनाआवश्यक रुपमा दोहोर्याई, तेहेर्याई सडकहरू पिच गर्ने, सरकारी भवन ठेक्का लगाउने जस्ता कामले जनताको करको दुरुपयोग भइरहेको छ। यता, सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल दु्रतमार्ग मात्र ८६ किलोमिटर पनि वर्षौंदेखि बजेट अभावका कारण अलपत्र छ,’ सांसद कार्कीले भनिन्।
प्रतिक्रिया दिनुहोस्